लगानीकर्ताले सेबोनलाई बुझाए ३२ बुँदे सुझाव, सेयर बेच्दा सूचना दिनुपर्ने नियम सच्याउन आग्रह

अर्थकागज
प्रकाशित: २१ असोज २०८३
Image description

विभिन्न ३ वटा शेयर लगानीकर्ता संघले संयुक्त रुपमा नेपाल धितोपत्र बोर्डलाई ३२ बुँदे सुझाव पेश गरेका छन् । नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ र शेयर लगानीकर्ता संघ नेपालले आज असोज २२ गते बिहिबार बोर्डलाई सुझाव पेश गरेका हुन् ।

नेपालको पूँजीबजारलाई दिगो, पारदर्शी, प्रतिस्पर्धी तथा लगानीकर्ताको विश्वास अभिवृद्धि हुने गरी विकास गर्न विद्यमान नीति तथा कारोबार प्रणालीको समयानुकूल पुनरावलोकन आवश्यक देखिएको भन्दै संघहरुले त्यसको लागि सुझाव पेश गरेका हुन्।

संघहरुले विशेषतः दोस्रो बजारको स्वतन्त्र कारोबार, ठूलो परिमाणको प्रमोटर लकिङ्ग पछिको सेयर बिक्री, आईपीओ तथा प्रमोटर सेयरको संरचना, बोनस तथा हकप्रदको मूल्य समायोजन, मार्जिन कारोबार र कारोबार फछ्र्योटसम्बन्धी व्यवस्थामा देखिएका व्यवहारिक समस्यालाई समय अनुकुल सम्बोधन गर्न माग गरेका छन् ।

जसमा १५ दिने पूर्वसूचना सम्बन्धी व्यवस्था तत्काल पुनरावलोकन गर्न माग गरिएको छ । संघहरुका अनुसार दोस्रो बजारबाट कानुनसम्मत रूपमा खरिद गरिएको सेयर बिक्री गर्नुअघि १५ दिनको सूचना दिनुपर्ने व्यवस्थाले सर्वसाधारण लगानीकर्ताको स्वतन्त्र कारोबार अधिकार, बजारको स्वाभाविक माग-आपूर्ति तथा तरलतामा अनावश्यक असर पारेको छ। खरिदमा पूर्वसूचना आवश्यक नहुने तर बिक्रीमा मात्र पूर्वसूचना अनिवार्य गर्ने व्यवस्था व्यवहारिक तथा समान व्यवहारको सिद्धान्तअनुकूल नदेखिएको उनीहरुको भनाई छ। यदि बिक्रीमा सूचना आवश्यक मानिन्छ भने समान तर्कका आधारमा खरिदमा पनि सूचना आवश्यक हुनुपर्ने संघहरुको माग छ।

संघहरुले सर्वसाधारण लगानीकर्ताले दोस्रो बजारमा स्वतन्त्र रूपमा खरिद गरेको सेयर स्वतन्त्र रूपमा बिक्री गर्न पाउने व्यवस्था गर्न, सामान्य लगानीकर्ताको कारोबारमा अनावश्यक परिमाणगत वा समयगत अंकुश नलगाउँन , संथापक सेयर धनिहरुको हकमा वा रणनीतिक लगानीकर्ताको ठूलो परिमाणको सेयर बिक्रीमा एकपटक मात्रै बिक्रिमा आउने भएकाले पारदर्शिता कायम गर्न ५ प्रतिसत भन्दा बढी बिक्रि गर्नु परेमा पूर्वसूचना व्यवस्था राख्न, प्रमोटरको हकमा हालको १५ दिनलाई ७ दिनमा सीमित गर्न र ठूलो परिमाणको बिक्रीलाई नियमित आदेश प्रणालीबाट अलग गरी छुट्टै बिक्री / प्रस्ताव विन्डोअफर फर सेल वा ब्लक कारोबार प्रणालीमार्फत पनी पारदर्शी रूपमा कारोबार गराउने व्यवस्था गर्न संघहरुले माग गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर