लगानीको अवसर ! माथिल्लो मैलुङ खोलाको आईपीओ आजबाट बिक्री खुला

अर्थकागज
प्रकाशित: १८ असोज २०८०
Image description

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज अर्थात असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निश्कासन बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निश्कासन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निश्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएको थियो। जस मध्य १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ।आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता सहित कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम –१० कित्तादेखि अधिकतम – १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यो आईपीओ छिटोमा असोज २२ गते हुनेछ भने ढिलोमा कात्तिक २ गते बन्द हुनेछ ।

कहाँबाट दिने आवेदन ?

धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर