पैसाको अभावमा नागरिक स्टक डिलर एभरेजिङ गर्न नसक्ने अवस्थामा,आईपीओ जारी गर्ने तयारीमा
काठमाडौं । नागरिक स्टक डिलरले सर्वसाधारण सेयर (आईपीओ ) जारी गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बार्षिक साधारणसभामा सर्वसाधारण सेयरधनीलाई आईपीओ जारी गर्ने मुख्य एजेण्डा सहित साधारणसभा बोलाउने तयारी भएको नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले बताएका छन् । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा कोषका निर्देशक कार्कीले भने 'अहिले नागरिक स्टक डिलरमा आर्थिक अभाव छ, डिलरले सवै पैसा दोस्रो बजारमा लगानी गरेको छ, बजार निरन्तर घट्दा डिलरमा आर्थिक अभाव भएको हो । डिलरमा फण्ड अभावले अहिले सेयर प्राइज एभरेज गर्न नसकेको अवस्था छ । यस आर्थिक वर्षमा आईपीओ जारी गर्ने सहित डिलर अगाडि बढेको छ ।'
स्टक डिलर कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत, पुनर्बीमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
प्रतिक्रियाहरू
Navaraj Bhandari
1 year ago
Fund generate garera kam garnu parxa
Shares