अर्थमन्त्री र सांसद हरि ढकालबीच भेट : ४ र १२ करोडको क्याप हटाउन र रिक्स वेटेज १००%मा झार्न माग

अर्थकागज
प्रकाशित: १२ भदौ २०८०
Image description


काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतसँग सांसद हरि ढकालले आज भेटवार्ता गरेका छन् । सांसद ढकालले अर्थमन्त्रालयमा गएर अर्थमन्त्री महतलाई भेटेका हुन् ।

अर्थमन्त्री महतसँगको भेटवार्तामा सांसद ढकालले सेयर धितो कर्जामा लागेको ४ र १२ करोडको क्याप तत्काल हटाउन माग गरेका छन् । त्यसै गरी सांसद ढकालले सेयर धितोमा प्रवाह हुने कर्जाको रिस्क वेटेज १५० प्रतिशतबाट १०० प्रतिशत झार्न समेत माग गरेका छन् । 

सरकारले यि दुई वटा बुँदालाई तत्काल संसोधन गरी देशको अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री महतसँग आग्रह गरेका छन् । स्थानीय तहको पैसा निक्षेपमा गणना बारेमा अर्थमन्त्रालयको स्पष्ट परिपत्र गर्न समेत सांसद ढकालले अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर