चौदण्डीगढीका किसानलाई कृषि सामाग्री सहयोग
प्रकाशित:
१८ पुस २०८०
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका किसानहरुलाई एक गैर सरकारी संस्थाले कृषि कर्ममा आवश्यक पर्ने सामाग्रीहरु वितरण गरेको छ ।
भोकालाई एक छाक भोजन हैन, जीवन जिउने जुक्ती सिकाउ भन्ने मूल नारासहित संचालित हेफर इन्टरनेशनलले चौदण्डीगढी नगरपालिकामा बिभिन्न कृषि सामाग्री वितरण गरेको छ ।
हेफर इन्टरनेशनल भोकमरी र गरिबीको अन्त्य गर्न समर्पित एक अग्रणी अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा हेफर इन्टरनेशनल नेपाल पशु कल्याण, पशुधनको सुरक्षा र जोखिममा परेका समुदायहरुको जीवनस्तरमा सुधार गर्न प्रतिवद्धता सहित देशका विभिन्न पालिकाहरुसंग सहकार्य गर्दै कृषि क्षेत्रमा कार्य गर्दै आएको संस्था हो । सोही संस्थाले साझेदारी संस्था विकास सहजीकरण संजाल उदयपुरको सहयोगमा सोमबार चौदण्डीगढी नगरपालिकाका दशवटै वडाका लागि कृषि सामाग्री वितरण गरेको हो ।
हेफर इन्टरनेशनल नेपाल र साझेदारी संस्था विकास सहजीकरण संजाल उदयपुरको सहयोगमा टनेल ९६ थान, च्यापकटर २० थान र स्प्रेटंकी ४० थान चौदण्डीगढी नगरपालिकाका दश वटा वडा मा गठित ३५ वटा मुल समुहका ९० जना महिला कृषकहरुलाई वितरण गरिएको हो ।
कृषि सामाग्री वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले चौदण्डीगढी नगरपालिकाले लिएको कृषि क्रान्तिको संकल्पलाई मुर्तरुप दिन यो कृषि सामाग्री एउटा कोसेढुंगा हुने जिकिर गर्नु भयो । मेयर लामाले चौदण्डीगढी नगरपालिकालाई कृषिमा आत्मनिर्भर गराउन आफुहरुले हेफर इन्टरनेशनलसंग गरेको महत्वपूर्ण सम्झौता अनुसार कृषिमा भैरहेका कार्यले उपलब्धिमुलक परिणाम दिनेमा आफु बिस्वस्त रहेको बताउनु भयो वहाँले नगरभित्र गठित ३५ वटा मुल समुहलाइ सकृय भएर कृषि क्षेत्रमा लाग्न समेत अनुरोध गर्नु भयो ।
चौदण्डीगढी नगरपालिकामा हेफर इन्टरनेशनलसंग नगरको तर्फबाट ५ करोड र हेफरको तर्फबाट २ करोड १४ लाख २८ हजार ५ सय ७१ गरि कुल ७ करोड १४ लाख २८ हजार ५ सय ७१ रुपैया बराबरको रकममा कृषी तथा पशुपालन सम्बन्धि साझेदारी परियोजनामा काम सुरु गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares