दरमखोला हाइड्रो इनर्जीको आईपीओ आजदेखि बिक्री खुला

अर्थकागज
प्रकाशित: १५ साउन २०८२
Image description

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३८।३३ प्रतिशत अर्थात् प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसअनुसार पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, सर्वसाधारणसमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता सेयरमध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन छिटोमा साउन १९ गतेसम्म दिन सकिनेछ । तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा साउन २९ गतेसम्म लम्बिनेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर