मेन्छियाम हाइड्रोपावरले १००% हकप्रद सेयर निष्काशन गर्ने, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

अर्थकागज
प्रकाशित: २८ पुस २०८२
Image description

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०० /– अंकित दरका ५४,२५,८३३ कित्ता सेयरले हुन आउने रकम रु.५४,२५,८३,३००/– को १ः१ बराबर अर्थात रु.१००/– दरका ५४,२५,८३३ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । यसको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेड बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएकोछ । उक्त सम्झौता पत्रमा मेन्छियाम हाइड्रोपावर लिमिटेडको तर्फबाट अख्तियार प्राप्त कम्पनी सचिव धन राज सुवेदी र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् ।

एन आई सी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित १९ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन कार्य सम्पन्न गरेको छ । उक्त निष्काशन तथा बिक्री प्रवन्ध सेवा मार्फत हाल सम्म रु.१८ अर्व ९४ करोड भन्दा बढी सेयर पूँजी रकम संकलन गर्न सफल भएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा रहेको २९ वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको सेयरको निष्काशन तथा बिक्री प्रवन्ध गरी करिव रु.२ अर्ब रकम संकलन गर्न सफल भएका छौं । साथै हाल क्यापिटलले २ वटा कम्पनीको प्राथमिक सेयर तथा ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि तयार गरेको विवरण पत्र पेश गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर