आज पनि घट्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?
प्रकाशित:
१६ पुस २०८२
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदी मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ५९ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ६१ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर ४४१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४७० मा कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares