यहाँबाट हेर्नुहोस् विन नेपाल लघुवित्तको एफपीओको नतिजा

अर्थकागज
प्रकाशित: ०६ वैशाख २०८२
Image description

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको ठमेल स्थित आफ्नै कार्यालयमा एफपीओ बाँडफाँड सम्पन्न भएको हो । बिक्री प्रबन्धकका अनुसार यस एफपीओमा कुल १९ लाख २३ हजार ४ सय ९० जनाको आवेदन परेको थियो। जस मध्ये १९ लाख २० हजार ९ सय ३९ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ।

कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको थियो।

कहाँबाट नतिजा हेर्ने ?

कम्पनीको आईपीओ विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट https://www.nsmbl.com.np/ipo-result, सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

प्रतिक्रियाहरू

Jaykaran Sah

11 months ago

Ok

Ishwor paudel

11 months ago

Yy

सम्बन्धित खबर