रेडक्रसको सवारी साधन र रकम दुरुपयोग
उदयपुर । नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला शाखाको नाममा रहेको सवारी साधन र ब्लड बैंक संचालनकालागि जम्मा गरिएको अक्षय कोषको रकम दुरुपयोग भएको बुझिएको छ ।
नेपाल रेडक्रस उदयपुरका वर्तमान तदर्थ समितिका सभापति मदनराज कटुवालले निवर्तमान कार्यसमितिका सभापति लगायतका पदाधिकारीले नियमानुसार बरबुझारथ गर्नु पर्नेमा नगरेको र कार्यालयको सवारी साधनको चरम दुरुपयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिला अधिकारीलाई पत्राचार गरी सवारी साधन नियन्त्रणमा लिइदिन भनेकाछन् । सो पत्रको बोधार्थ जिल्ला प्हरी कायाृलय उदयपुर र जिल्ला ट्राफिक प्हर िकायाृलय गाईघाटलाई समेत दिएका छन् ।
प्रमुख जिल्ला अधिकारलिाई लेखिएको पत्रमा रेडक्रस उदयपुरले नेपाल रेडक्रस सोसाइटी उदयपुरका विघटित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले सवारी साधनहरु व्यक्तिगत प्रयोजनमा जथाभावी प्रयोग गरेको भन्ने गुनासो आएकोले उक्त सवारी साधनहरु हालसम्म पनि संस्थामा फिर्ता नगरेकोले जुनसुकै अवस्थामा रहेको भए पनिखोजी गरी नियन्त्रणमा लिई सवारी साधनहरुको दुरुपयोग रोक्न सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ ।
रेडक्रसमा फिर्ता गर्नु पर्ने सवारी साधनहरुमा ५ थान मोटर साइकल र एक थान महेन्द्रा पिकअप रहेको छ ।
यसैगरी रेडक्रस सोसाइटी उदयपुरले रक्त संचार सेवा संचालनकालागि संकलन भएको ३ तीनलाख रुपैया समेत दूरुपयोग भएको भन्दै उक्त रकम फिर्ता गर्न तत्कालिन कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई अनुरोध गरिएकोमा हालसम्म पनि फिर्तानगरेको सभापति कटुवालले बताए ।
उदयपुरबाट मलेसिया रोजगारीमा गएको सहयोगी मनहरुले निवर्तमान सभापति विनोद बस्नेत का समयमा ३ लाख रुपैया संकलन गरी रक्त संचार सेवा संचालनकालागि अक्षय कोष स्थापना गर्नकालागि पठाएकोमा सो रकम दूरुपयोग भएपछि रकम पठाउनेहरुले रकम फिर्ता माग गरेको उदयपुर रेडक्रसका सभापति मदनराज कटुवालले बताएका छन् ।
Shares