झापा इनर्जीको आईपीओ भर्नु भयो ? आज अन्तिम दिन
काठमाडौं । झापा इनर्जी लिमिटेडले निष्काशन गरेका आईपीओ भर्नु भयो ? नभरेको भए आजै भर्नु होला । किन कि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १४ गतेदेखि आज अर्थात साउन १८ गतेसम्म आवेदन दिने समय तोकेको छ ।
कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुलाइरहेको छ । यो आईपीओमा वैदेशिक रोगजारीमा गएका नेपालीले आजसम्म आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो ।
कुल निष्कासनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन पाइनेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रियाहरू
Mohan Khadka
8 months ago
राम्रो
Shares