एनआईसी एशिया बैंकले निफ्राको १० लाख कित्ता सेयर बेच्ने

अर्थकागज
प्रकाशित: ०८ असार २०८१
Image description

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको १० लाख कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएको छ । बैंकले आज आईतबार एक सूचना प्रकाशित गर्दै उक्त सेयर बिक्रिका लागि आह्वान गरेको हो ।

बैंकले उक्त सेयरको न्यूनतम मूल्य १०१ रुपैयाँ प्रतिकित्ता तोकेको छ त्यसैले अव उक्त सेयर किन्न इच्छुक विद्यमान सेयरधनीहरु वा योग्य जो कोहि आवदेकले न्यूनतम मूल्य वा सो भन्दा बढि मूल्यमा खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले जेठ १० गतेदेखि १७ गतेसम्ममा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिने सक्नेछन् । आवेदकले तोकिएको मिति भित्र बैंकको कर्पोरेट कार्यालय वा विभिन्न शाखा कार्यालयहरु मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर