आरविवि मर्चेन्ट बैंकिङ्गले राष्ट्रिय वाणिज्य बैंकलाई १८ प्रतिशत लाभांश दिने
प्रकाशित:
२५ भदौ २०८१
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १८ प्रतिशत लाभांश दिने भएको छ । आरविवि मर्चेन्ट बैंकिङ्गले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट सेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई चुक्ता पुँजीको १८% ले हुन आउने रकम ३ करोड ६० लाख (कर सहित) नगद लाभांश वितरण निर्णय गरेको हो । कम्पनीले यो लाभांश आगामि नवौं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत लगानीमा स्थापित संस्था आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त गरि सेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, सामुहिक लगानी कोष योजना व्यवस्थापक को रुपमा कार्य गर्दै आएको । यता, आरविवि मर्चेन्ट बैंकिङ्गको योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत सञ्चालित बन्दमुखी योजना आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आ.व.२०८०/०८१ को लागी योजनाको इकाईधनीहरुलाई कर सहित क्रमश : ३.८१% र ८.७४% का दरले योजनाको प्रतीफल वितरण गर्ने निर्णय भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares