प्रभु बैंकको नाफा घट्यो, खराब कर्जा ४.८१ प्रतिशत
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा गिरावट देखिएको छ ।
समिक्षा अवधिमा बैंकले १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि २६.३२ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि २५.१८ प्रतिशतले बढेको छ । त्यसैगरी, सञ्चालन मुनाफा पनि ३१.३८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.४८ प्रतिशतबाट बढेर ४.८१ प्रतिशत पुगेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड २९ लाख रुपैयाँ रहको छ । बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ २६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६ पैसा रहेको छ ।
Shares