सेयरधनीलाई लाभांश दिन कन्ज्युसाई गरेको सानिमा बैंकले संचालकको भत्ता ४६ प्रतिशतले बढाउँदै

अर्थकागज
प्रकाशित: २९ कात्तिक २०८१
Image description

काठमाडौं । सेयरधनलाई लाभांश दिन कन्ज्युसाई गरेको सानिमा बैंक लिमिटेडले संचालकहरुको भत्ता बृद्धिमा भने मन ठूलो पारेर भत्ता बृद्धिको तीन महले प्रस्ताव साधारणसभा लैजाने तयारी गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ को बैंकको नाफालाई हेर्दा सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने क्षमता भएतापनि ५.२६ प्रतिशत नगद लाभांश दिएको सानिमा बैंकले संचालकहरुको भत्ता बृद्धिमा भने कन्ज्युसाई गरेको छैन् । पब्लिक सेयरधनीलाई भन्दा पनि संस्थापक सेयरधनीहरुको स्वार्थलाई केन्द्र बिन्दुमा राखेर हिजोको दिन देखि लाभांश दिदै आईरहेको यस सानिमा बैंकले संचालकहरुको भत्तामा भने ४५.८३३ प्रतिशत बढाउने तयारी गरिरहेको छ । बैंकको बार्षिक प्रतिवेदन अनुसार संचालक समितिको अध्यक्षको बैठक भत्ता १३ हजारबाट २४ हजार अर्थात ११ हजार रुपैयाँ बढी र अन्य संचालकहरुको १२ हजारबाट २२ हजार अर्थात १० हजार रुपैयाँ बढी बढाउने प्रस्ताव बैंकले साधरणसभामा लैजाने तयारी गरेको छ । सेयरधनीलाई लाभांश दिन कन्ज्युसाई गर्ने यस बैंकको संचालक भत्ता बृद्धिको प्रस्तावको चर्काे विरोध गर्ने सेयरधनीले तयारी गरेका छन् । लाभांशमा पनि चरम असन्तुष्टि व्यक्त गर्दै आईरहेका सेयर बजारका चर्चित लगानीकर्ता एवम् सेयर विश्लेषक अर्थ कागज डट कमलाई भने-' सानिमा बैंकले पव्लिक सेयरधनीलाई सानिमाको जस्तो हाईन, सैतनी आमाको जस्तो व्यवहार गरेको छ । लाभांश दिदा संस्थापकलाई फाइदा हुने गरी नगद मात्र दिने, तलव भत्ता बृद्धि गर्दा संचालकलाई फाइदा हुने गरी प्रस्ताव ल्याउने, अब सानिमा बैंकमा संचालक र सिईओ मिलेर मच्चाइएको लुटतन्त्रमाथि सेयरधनीले हस्ताक्षेप गर्ने दिन आएको छ ।'

देशको हालको परिस्थितिलाई मध्यनजर गर्दै नविक बैंकको सिईओले तलव भत्ता घटाएको उदाहरण दिदैं सेयरधनी घिमिरेले सानिमा तलव भत्ता घटाउनु पर्ने सट्टा बढाउने प्रस्ताव कुनै हालतमा पब्लिक सेयरधनीलाई मान्य नहुने बताएका छन् ।

बैंकले मंसिर ४ गते आम्रपाली बैङक्वेटमा २० बार्षिक साधारणसभा बोलाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर