एनएलजी इन्स्योरेन्सको नाफामा वृद्धि,अन्य सूचक कस्ता ?

अर्थकागज
प्रकाशित: ३० वैशाख २०८१
Image description

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको मुनाफा ३ दशमलव २५ प्रतिशतले वृद्धि भई १३ करोड ६७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा ८ दशमलव ४९ प्रतिशतले वृद्धि भई १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको उक्त आर्जन १ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको खुद बीमा दावी वापत २६ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ दशमलव ४० प्रतिशतले वृद्धि भई ५० करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको स्पेसियल रिजर्भमा १ अर्ब ३१ करोड रुपैयाँ र रिटेण्ड अर्निङ्गमा १५ करोड ५७ लाख रुपैयाँ संचिती रहेको छ ।कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२।४९ रुपैयाँ रहेको छ भने यस अवधिमा कम्पनीले १ लाख ४८ हजार ३०८ वटा बीमा पोलिसी जारी गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर