आईपिओ निष्काशन गर्दै माउण्ट कैलाश इनर्जी

अर्थकागज
प्रकाशित: ०५ भदौ २०८१
Image description

काठमांडौ । माउण्ट कैलाश इनर्जी लिमिटेडको ७ औँ र ८ औँ वार्षिक साधारणसभा आज भदौ ५ गते थापाखोला जलबिद्युत आयोजनाको कार्यालय टुकुचे, मुस्ताङमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशनको विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरिएको हो । कम्पनीको २०८० भदौ ८ गते बसेको सञ्चालक समितीले आईपिओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो । तर पटक पटक सभा स्थगित भएको थियो ।

सभाले २ आर्थिक बर्षको बार्षिक प्रतिवेदन, लेखा परिक्षको नियुक्ति, सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र प्रवन्धपत्र र नियमावली संसोधनको प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।

प्रतिक्रियाहरू

Kalyn ale

7 months ago

कहिले खुल्ने हो ipo

Anisha Pokhrel

7 months ago

I want yo share

सम्बन्धित खबर