कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रकाशित:
१० मंसिर २०८३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विहिबार नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको छ ।
हाल बाँके, दाङ लगायत तराईको धेरै ठाउँमा हुस्सु तथा तुवालो लागेको र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ ।
त्यस्तै, राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू-भागका केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares