राष्ट्रपति पौडेलकी छोरीको समानुपातिक सूचीबाट नाम फिर्ता
प्रकाशित:
२८ पुस २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् ।
प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको नाम रहेकोमा उनले सोमबार आयोग पुगेर नाम फिर्ता लिएकी हुन् ।
कास्कीकी पोखरेल नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन् ।
राष्ट्रपतिकी छोरीलाई समानुपति सुचीमा राखेको भन्दै पार्टी भित्र व्यापक असन्तुष्टि रहेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares