हरेक जन्ममा तिमी माउ हुँदा, म तिम्रै बचेरा हुनपाउ बाबा !
खेत खनेर आउदा पानी अमला जस्तै हत्केला भरी ठेला उठ्थे, बा भन्नू हुन्थ्यो कोदालिको बिडलाइ जबर्जस्ती गरेर कसिलो बनाइ समाउनु हुन्न, बिडलाइ त आफ्नो हातले खुकुलो गरि समाउनु पर्छ।
बा.. मैले त यौटा सुर्को मात्र खनेको हो, र पनि ठेला उठ्यो, तिमिले त जीवन भर त्यही कोदालिको बिड सग सपना बाड्यौ, तिम्रो चै पानी अमला जस्तै फोका कस्ले हेर्दिन्छ, अनि कस्लाइ भन्छौ, मेरो भबिस्य अग्लो बनाउन तिमिले पहाड जत्रा मलका डोका बोक्यौ, डोकाका काम्राले तिम्रो डडेल्नो मा कत्ती बिजाय होलान, कत्ती छाला गय होलान, तर मेरो बच्चा लाई नबिजायोस भनी दुखाइ बिर्सेर मलाइ पिठ्युमा बोक्यौ, हाम्रो भबिस्या चम्किलो बनाउन आफ्ना हातका चम्किला भाग्य रेखा कोदालिको बिडले लगेको सजिलै बिर्सौ है , घरमा दुहुनो हुन्छ, केटाकेटिले खान्छन भनेर रिन गरि गरि भैंसी ल्यायौ, र पनि कहिलयै दुई डाडु दूध तिमिले खायनौ, बरु गिलास भरी हामिलाइ खुयायौ, दहि,मोहि,घिउ,खिर सबै हामिलाइ सुम्प्यौ, थाहा छ बाबा सब्बै थाहा छ, मैले पेट भरी खाना खायोस भनेर तिमिले अरुको खेत कमायको कुरा, हामिलाइ पढाउन हुर्काउन महिनौ तिमी हिसाब मिलाउन मेला हिडेको कुरा, हामिले नया लुगा लगाउन तिमिले सधै परारकै लुगा लगायको कुरा, सय पचास जम्मा गरि मेरो पढाइ खर्च टारेको कुरा, सब्बै थाहा छ बाबा,दिनभरी कामले थाकेर आउदा आफ्नो थकाइको चै प्रवाह नगरी म निदाय कि नाइ भनी तिमी अनिदो बसेका रातहरु, हो अबस्था गार्यो थियो, र पनि बच्चा खुसी हौउन भनी दसैमा घरमै खसी काट्थियौ,
बाबा सब्बै थाहा छ मलाइ त्यसैले त तिमी जस्तै बन्न मन छ मलाइ, खराब समयलाइ पनि सजिलै, बनाउन सक्ने, हरेक अभाबमा पनि ब्यबस्थापन गर्न सक्ने, सन्तानको बिजयको लागि तिमिले सधै हारिदिने, कस्तो खेल रैछ है बाबा यो सधै सन्तानको अगाडि हार्न मन लाग्ने,
बाबा यत्ती भन्छु तिमीलाई हसाउन अब म हार्छु,
तिम्रो खुसिको लागि यो जीवन सदैब अर्पण गर्दछु।
सम्पुर्ण आदरणिय बाबाहरुमा कुशेऔसी अर्थात बाबाको मुख हेर्ने दिनको हार्दिक सुभकामना, सदैब नमन !
Shares