राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको १०० प्रतिशत हकप्रद आजदेखि आवेदन खुला
प्रकाशित:
३२ जेठ २०८२
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शतप्रतिशत हकप्रदमा (असार १) देखि अर्थात आजदेखि बिक्री खुला भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपियाँका दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको थियो । सोहीबमोजिम कम्पनीले हकप्रद निष्कासन गरेको हो । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेकाले जेठ ५ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रदमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन कम्पनीको कर्पोरेट कार्यालय त्रिपुरेश्वर र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नक्साल, काठमाडौंमा बुझाउन सकिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares