प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पेशागत बीमा अभिकर्ता संघ बिमक ( हिमालयन लाइफ)द्वारा १ लाख ५७ हजार सहयोग
प्रकाशित:
१८ भदौ २०८३
काठमाडौं । नेपालमा हालै देखिएको प्राकृतिक विपत्ति तथा पीडित नागरिकको अवस्थालाई मध्यनजर गर्दै पेसागत बीमा अभिकर्ता संघ बिमक (हिमालयन लाइफ) ले मानवीय सहयोगको पहल गरेको छ ।
पीडित परिवारको दुःखमा थोरै भए पनि साथ दिने उद्देश्यले पेसागत बीमा अभिकर्ता संघ -बिमक) को तर्फबाट . १ लाख ५७ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको संघका अध्यक्ष रेशम गौतमले जानकारी दिएका छन् ।
अध्यक्ष गौतमले भने -'देशमा परेको विपत्तिको पीडामा हामी सबैको साथ र सहयोग आवश्यक छ। हाम्रो सानो सहयोगले पनि पीडितको राहतमा केही योगदान पुग्ने विश्वास लिएका छौँ।'
बीमा क्षेत्रमा कार्यरत अभिकर्ताहरूको पेशागत हकहितसँगै सामाजिक उत्तरदायित्वप्रति पनि संघ सदैव प्रतिबद्ध रहने अध्यक्ष गौतमले बताए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares