नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

अर्थकागज
प्रकाशित: १७ भदौ २०८३
Image description

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता शेयर ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ मा कारोबार भएको थियो । आज फाइनान्स, हाइड्रो, निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी वीन नेपाल लघुवित्तको शेयर ८.७६ प्रतिशतले बढेको छ भने चिर्ख्वा हाइड्रोको शेयर ८.५६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी पियोर इनर्जीको शेयर १३.३३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ४० करोड ९ लाख बराबरको कारोबार भएको छ भने सानिमा मिडल तामोरको १३ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर