मध्यमोदी जलविद्युत् आयोजनामा स्थानीयले लगाए ताला

अर्थकागज
प्रकाशित: २० पुस २०८१
Image description

पोखरा । अन्नपूर्ण गाउँपालिका कास्की र मोदी गाउँपालिका, पर्वत अन्तर्गत रहेको मध्यमोदी जलविद्युत् आयोजनामा स्थानीयले ताला लगाएका छन् । आयोजप्रभावित क्षेत्रमा सहमति अनुसार अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४,५,६,७ र ८ मा सामाजिक उत्तरदायित्वको बजेट पूर्ण रुपमा लगानी नगरेको, आयोजनासँग सम्झौता भएर निर्माण सम्पन्न भएका विकास योजनामा उपभोक्ता समितिलाई ४ वर्षदेखि भुक्तानी नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए । मोदीखोलामा १० प्रतिशत पानीको बहाब नछोडेको, आयोजना निर्माणाधीन अवस्थामा बम ब्लास्ट गर्दा स्थानीय जनताको घर भत्किएको र क्षतिपूर्ति उपलब्ध नगराएको, वडा कार्यलय र गाउँपालिका कार्यालयमार्फत पटकपटक सिफारिस गर्दा पनि बेवास्ता गरी सुनुवाई नगरेको आरोप स्थानीयको छ । आयोजनाले स्थानीयको लागि साधारण शेयर जारी नगरेको आरोप लगाउँदै अन्नपूर्ण –७ कास्कीका युवा नेता विष्णु चापागाईंको नेतृत्वमा गएको समूहले आयोजना पीडित उपभोक्ता समिति तथा जनताहरूको तर्फबाट तालाबन्दी गरेको हो ।

 

प्रतिक्रियाहरू

सम्बन्धित खबर