उल्लेख्य बढ्यो तेह्रथुम पावरको खुद नाफा, ईपीएस कति?
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ५१५.३४ प्रतिशत बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २०.८३ अंक बढेर १० करोड ८८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ३२.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३३.१० प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २५.७२ प्रतिशत घटेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ ६५ पैसा बढेर १९ रुपैयाँ ८८ पैसा रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.८६ गुणा रहेको छ। ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
Shares