हाथवे इन्भेष्टमेन्टको सञ्चालन आम्दानी १०४ प्रतिशतले बढ्यो, ७ करोड ५० लाख रुपैयाँ नाफामा

अर्थकागज
प्रकाशित: २६ वैशाख २०८१
Image description

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ नाफा गरेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको नाफा १ करोड २२ लाख रुपैयाँ ऋणात्मक थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ३९ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक बर्षको तुलनामा १०४.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ११ करोड ४३ लाख रुपैयाँ थियो।

१ अर्ब २८ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग ३६ करोड ३२ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ६२ पैसा रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर