युनाइटेड अजोड इन्स्योरेन्सको व्यवस्थापन खर्च ३२ करोडमाथि, सिइओको तलव कति ?
प्रकाशित:
०५ फागुन २०८०
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा कुल व्यवस्थापनमा ३२ करोड २२ लाख ५ हजार ५५९ रुपैयाँ खर्च गरेको छ ।
कम्पनीको ३० औं वार्षिक प्रतिवेदन अनुसार संचालक समितिको बैठक भत्ता १४ लाख ५३ हजार, अन्य समितिको बैठक भत्ता १० लाख २६९ रुपैयाँ, टेलिफोन मोवाइल पत्र पत्रिका १ लाख ६० हजार रुपैयाँ, प्रमुख कार्यकारी अधिकृतलाई तलव भत्ता वापत ७ लाख ९८ हजार ७५० रुपैयाँ र प्रवन्ध तथा व्यवस्थापनका पदाधिकारीको तवल भत्ता ३ करोड ५ लाख ६३ हजार २७३ रुपैयाँ खर्च गरिएको छ ।
कम्पनीको सिइओमा श्रवण रावल रहेका छन् । कम्पनीको अध्यक्षमा अजद श्रेष्ठ रहेका छन् ।
Shares