सिंगटी हाइड्रो इनर्जीको साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: ०१ फागुन २०८०
Image description

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको १४ औ साधारणसभा सम्पन्न भएको छ । आज मंगलबार कम्पनीका अध्यक्ष सुदिप राज गौतमको अध्यक्षतामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाले अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ भने लेखापरीक्षकद्वारा पेश गरिएको अन्य वित्तीय विवरण पारित गरेको छ । साथै सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गरेको छ । 

विशेष प्रस्ताव अन्तर्गत सभाले हकप्रद सेयर भर्दा हक हस्तान्तरणको व्यवस्था गरेको छ। प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । 


कम्पनीले २०८० फागुन २ गतेदेखि हकप्रद निष्काशन पनि गर्दै छ । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर