मंगलबार सार्वजनिक बिदा

अर्थकागज
प्रकाशित: ०९ वैशाख २०८१
Image description

काठमाडौं । सरकारले भोलि (बैशाख ११ गते मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने दिन भएकाले सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर