कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत
प्रकाशित:
२१ मंसिर २०८१
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
बैंकले गत असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो । उक्त ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । सूचिकृत भएको बोनस सेयर शेयरधनी महानुभावहरुको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । नगद लाभाशं बापतको रकम साधारण सभाबाट पारित भए लगतै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ । यदि कुनै सेयरधनी महानुभावहरुको डिम्याट खातामा बोनस शेयर जम्मा भएको नदेखिएमा वा कुनै जिज्ञासा भएमा कामना सेवा विकास बैंकको केन्दि«य कार्यलयमा सम्पर्क गर्न सक्नुहुने बैंकले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares