उदयपुरमा छ वर्षमा सात किलोमीटर तीनसय पचास मीटर कालोपत्रे सडक निर्माण

माधव पोखरेल
प्रकाशित: ३१ जेठ २०८१
Image description

उदयपुर । उदयपुर जिल्लामा भौतिक पूर्वाधारको निमांण तथा सडक, पुलको निमांण गर्ने जिम्मेवारी लिएर संचालन भएको पूर्वाधार विकास कार्यालयले ६ वर्षमा ७ किलोमीटर ३ सय ५० मीटर मात्र सडक कालोपत्रे गरेको छ । कोशी प्रदेश सरकार मातहतको बजेटबाट गाईघाट स्थित पूर्वाधार विकास कार्यालयले ६ वर्षको अवधिमा ७.३५० किलोमीटर सडक कालोपत्रे गरेको हो भने मर्मटसंभार, ग्राभेल तथा नयाँ ट्रयाक खोल्ने काम पनि गरेको छ । पूर्वाधार विकास कार्यालय उदयपुरका इन्जिनियर मनोज कुमार ठाकुरले दिएको जानकारी अनुसार छ वर्षको अवधिमा उदयपुरमा ग्राभेल सडक १ हजार ४ सय ४२.२६० मीटर निर्माण भएको छ भने कच्ची सडक २ सय ३२ किमी निर्माण भएको छ । ट्रयाक खोलेको सडक ४२.२ किमी रहेको छ । यस्तै ६ वर्षकै अवधिमा २७ वटा झोलुङ्गे पुल, १० वटा मोटरेवल पुल निर्माण सम्पन्न भएको छ र २ सय ३१ किमी ८५० मीटर सडक मर्मत संभार गरिएको इन्जिनियर ठाकुरले बताए । चालु आर्थिक वर्षको चैत्र सम्ममा सडक मर्मत १.१५ किमी, ग्रावेल २०.५ किमी, कच्ची सडक ५० किमी, सडक कालोपत्रे १.७ किमी निर्माण भएको छ । बहुवर्षिय सडक निर्माण अन्तर्गत २ वटा सडकको ६१ं.८ किमी सम्पन्न भयो भने मोटरेवलपुल १ र झोलुङ्गेपुल ५ वटा निर्माण सम्पन्न भयो भने ५.२ किमी सडकको ट्रयाक खोलिएको इन्जिनियर ठाकुरले बताए । इन्जिनियर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९। ०८० मा सडक मर्मत १० किमी, ग्राभेल ४६.७ किमी, कच्ची सडक निर्माण १० किमी, सडक कालोपत्रे ३ किमी, ४८.५ किमी बहुवर्षिय सडक निर्माण सम्पन्न ३ वटा, झोलुङ्गेपुल १३ वटा र मोटरेवलपुल ३वटा निर्माण सम्पन्न भएको छ । इन्जिनियर ठाकुरका अनुसार खोटाङ र उदयपुर गरी दुई जिल्ला कार्य क्षेत्र भएकोले फिल्डमा कामकमे अनुगमन तथा निरीक्षणमा जानकालागि साधनको अभाव हुने गरेको छ । कार्यालयले सवारी साधन उपलब्ध गराउन नसक्दा अनुगमनमा जान ढिला हुने गरेको छ भने आवश्यक जनशक्तिको पनि अभाव भएकोले समयमा काम सम्पन्न गर्न कठिनाई हुने गरेको छ । ६ वर्षको अवधिमा कालो पत्रे सडक न्युन हुनुको कारणमा इन्जिनियर ठाकुरले प्रदेश सरकारले उपलब्ध गराएको बजेट नै न्युन भएकोले पनि कालोपत्रे सडक निर्माणमा सुस्तता आएको उनले बताए । अर्कोतर्फ पहाडी क्षेत्रमा बढी काम भैरहेकोले सबै ठाउँमा सवारी साधनको पहुँच नहुँदा र वर्षाका समयमा सबै ठाउँमा सवारी साधन चल्न नसक्दा पनि समयमा mिल्डमा गएर कामको अनुगमन गर्न समस्या भएको इन्जिनियर ठाकुरको भनाई रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर