सोनापुरको आईपीओ खुलेको थाहा नै छैन-स्थानीयवासी
प्रकाशित:
०७ भदौ २०८०
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले जारी गरेको आईपीओ अधिकांश स्थानीयवासीलाई थाहा नै नभएको बताएका छन् । सोनापुर मिनरल्स एण्ड आयलले दाङ र रोल्पाका सवै जिल्लावासीको लागि गत साउन २९ गते देखि आईपीओ बिक्री खुला गरिरहेको छ ।
कम्पनीले खुलाएको आईपीओ आवेदन कम परेपछि अर्थ काजगले किन आवेदन नदिएका होलान् भनेर रोल्पाका पत्रकार खेम बुढालाई सोधिएको थियो । पत्रकार बुढाले भने-'रोल्पाका अधिकांश स्थानीयवासीलाई आईपीओ निश्कासनको बारेमा जानकारी नै छैन्, जानकारी भएको भए लगानीका अवसरको फाइदा उठाउने थिए ।'
त्यसैगरी दाङका सवै स्थानीयवासीलाई पनि आईपीओ जारी गरेको थाहा छैन् । उद्योग भएको वरिपरीका वडालाई आईपीओ जारी गरेको थाहा भएपनि दाङका सवै वडाका स्थानीयवासीलाई थाहा छैन ।
कम्पनीले पनि आईपीओ निश्कासन गरेका छौं भनेर प्रचारप्रसारमा धेरै जोड नगरेको देखियो । कम्पनीले आईपीओ निश्कासन सूचना स्थानीय अनलाईन, रेडियो र पत्रपत्रिकामा प्रकाशन प्रशारण गर्नु पर्ने देखिन्छ ।
कम्पनीले स्थानीयका लागि कुल निष्कासित १ करोड २३ लाख दुई सय कित्ता सेयर मध्ये पाँच प्रतिशत हुन आउने १५ लाख ३७ हजार पाँच सय २५ कित्ता सेयर निष्कासन खुला गरेको छ ।
गत साउन २९ देखि खुला गरिएको सेयरमा इच्छुक स्थानीय लगानीकर्ताले आउने भदौ ११ गतेसम्मे आवेदन दिन सक्छन्। त्यस अवधिमा पर्याप्त आवेदन नपरे भदौ २६ गतेसम्म आवेदन दिने म्याद थप हुनेछ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा आयोजना प्रभावित स्थानीयलाई सेयर निष्कासन गरेको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares