नेपाल लाइफ क्यापिटलको बार्षिक साधारणसभा सम्पन्न, संचालक समितिको अध्यक्षतामा कृष्णराज लामिछाने चयन

अर्थकागज
प्रकाशित: २२ पुस २०८१
Image description

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा काठमाण्डौमा सम्पन्न भएको छ । वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ ।

त्यसै गरी सभाबाट संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछान, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर