आजदेखि आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला, सेयरधनीले कहाँबाट, कसरी आवेदन दिने ?


काठमाडौं । आजदेखि अर्थात साउन २७ गतेदेखि आँखुखोला जलविद्युत कम्पनीको हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले १ः१.५० अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख
कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ । उक्त हकप्रद सेयरको लागि यसले साउन १ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार ३१ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले जारी गरेको हकप्रद सेयरमा लगानीकर्ताले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । यसको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गरेको छ ।
हकप्रदबाट उठेको रकम कहाँ लगानी गर्दै छ कम्पनीले ?
कम्पनीले हकप्रदबाट उठेको रकम आँखुखोला जलविद्युत आयोजना २ मा लगानी गर्दैछ । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद बिक्री गर्न लागेको हो ।
कहाँबाट आवेदन दिने ?
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।
प्रतिक्रियाहरू
Pemba Sherpa
8 months ago
Hamile barna paucha paudaina
Nisha pun gharti
8 months ago
Maro sear bata form bharosa kar dena
Shares