सिद्धार्थ बैंकका ग्राहकलाई दुसित प्रिन्सेस काठमाडौंमा विशेष छुट
प्रकाशित:
१३ साउन २०८१
काठमाडौं । सिद्धार्थ बैंक र दुसित प्रिन्सेस (Dusit Princess) काठमाडौंबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा बैंकको कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यस सम्झौताले ग्राहकहरूलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares