नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे

प्रकाशित:
२१ फागुन २०८१

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । गत मंगलबार बसेको बैंक संचालक समितिको ६१७ औं बैठकले पाँडेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।फागुन १५ गते सम्पन्न बैंकको ३८ औं वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा संस्थापक समुह तर्फबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भए ।सर्वसाधारण शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे निर्वाचित भए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares