शिखर इन्स्योरेन्स बन्यो ‘मेरिट प्रमाणपत्र’ प्राप्त गर्ने पहिलो बीमा कम्पनी

अर्थकागज
प्रकाशित: १४ मंसिर २०८२
Image description

काठमाडौँ । शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ ९साफा० द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा मेरिट प्रमाणपत्र प्राप्त गरेको छ। यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स नेपालको पहिलो बिमा कम्पनी बन्न सफल भएको हो ।

साफा अवार्ड दक्षिण एसियाली क्षेत्रमा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन र जबाफदेहीपनका मापदण्डलाई मूल्यांकन गरी प्रदान गरिने प्रतिष्ठित मान्यतामध्ये एक मानिन्छ। यस अवार्डले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षमा अंगालेको ठोस सुशासन संरचना, वित्तीय अनुशासन तथा हितधारकहरूसँगको पारदर्शी सञ्चारप्रति देखाएको निरन्तर प्रतिबद्धतालाई पुष्टि गरेको छ।

कम्पनीले वित्तीय सूचनाका प्रकटीकरण प्रक्रियामा सुधार ल्याउँदै प्रतिवेदनहरूलाई अझ व्यवस्थित, विश्वसनीय र पाठकमैत्री बनाउनेतर्फ गरेका पहललाई यस मान्यताले थप दृढ बनाएको छ। प्रतिवेदन प्रणालीको गुणस्तर उन्नत गर्ने अभियानका बीच प्राप्त भएको यो उपलब्धि शिखर इन्स्योरेन्सका लागि महत्वपूर्ण मानिएको छ।

यस सफलताले भविष्यमा अझ उच्च स्तरको सुशासन प्रवर्द्धन, पारदर्शी वित्तीय अभ्यास विस्तार तथा प्रभावकारी प्रतिवेदन प्रणाली विकासमा प्रेरणा जोगाइरहनेछ। शिखर इन्स्योरेन्सले यसले नेपाली बीमा क्षेत्र र समग्र कर्पोरेट क्षेत्रमा सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर