यि हुन निफ्राका ठूला ११ सेयरधनी, कसको सेयर स्वामित्व कति ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको १ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुनेमा व्यक्ति र विभिन्न संस्था गरी ११ ठूला सेयरधनी रहेका छन् । निफ्राको सवै भन्दो धेरै सेयर स्वामित्व नेपाल सरकार अर्थ मन्त्रालयको रहेको छ । मन्त्रालयको १० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
त्यसै गरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ८.९५ प्रतिशत, ग्लोबल आईएमई बैंक लिमिटेडको ५.४८ प्रतिशत, एनआईसी एशिया बैंक लिमिटेडको ५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ५ प्रतिशत, प्रभु बैंक लिमिटेडको ४.९२ प्रतिशत, लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको ४.२० प्रतिशत, नेपाल पुर्नविमा कम्पनी लिमिटेडको २.४७ प्रतिशत, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १.७५ प्रतिशत, इमर्जिङग नेपाल लिमिटेडको १.२५ प्रतिशत र निदेश अग्रवालको १.२१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कसको सेयर स्वामित्व कति ?
Shares