नेपाल पुनर्बीमा कम्पनीको नाफामा गिरावट, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: २७ साउन २०८१
Image description

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्षको चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा सामान्य गिरावट देखिएको छ ।

यस अवधिमा कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५९ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ८.५७ प्रतिशतले कम हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा ९.३० प्रतिशतले घटेको छ भने कुल खर्च ८.७४ प्रतिशतले घटेको छ। त्यस्तै कुल दाबी भुक्तानी ०.९१ प्रतिशत घटेको छ।

१२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा ३ अर्ब ९२ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ४ रुपैयाँ ३ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९२.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर