आजदेखि ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ बिक्री खुला'

अर्थकागज
प्रकाशित: २९ असार २०८२
Image description

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले आज असार ३० गतेदेखि ऋणपत्र निष्कासन भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर रहेको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ निष्कासन तथा बिक्री खुला गरेको हो । बैंकले जेठ ७ गते नेपाल धितोपत्र बोर्डबाट ३ अर्ब रुपियाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको थियो ।

कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ ।

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको निष्कासन बन्द साउन १ गते हुनेछ । तर तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा म्याद १२ गतेसम्मका लागि लम्बिने बैंकले जनाएको छ ।

ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर