कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: १३ वैशाख २०८२
Image description

काठमाडौं । कामना सेवा विकास बैंकले कुल २ लाख ६० हजार कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ । साथै तोकिएको समयभित्र आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने पनि बैंकले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर