स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदर प्रकाशित, कर्जाको बेसरेट ६.४२ प्रतिशत
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड लिमिटेडले भोली असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ महिनामा भन्दा निक्षेपको ब्याजदर घटाएको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ४.३० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ भने रेमिट्यान्स बचतमा ५.३० प्रतिशत ब्याज दिनेछ ।
त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ४.७५ देखि ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । ब्यक्तिगत मुद्दति निक्षेपमा ४.७५ देखि ७ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ४.७५ देखि ५ प्रतिशत ब्याज दिने छ भने बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ६.४२ प्रतिशत रहेको छ ।
प्रतिक्रियाहरू
Keshab Bishwakarma
2 years ago
ऋण लिन पाउँछ की पाउदैन
Keshab Bishwakarma
2 years ago
ऋण लिन पाउँछ की पाउदैन
Shares