ज्योति समूह औपचारिकरूपमा दुइ भागमा विभाजित
काठमाडौं । सम्पत्ति बाँडफाट र अध्यक्ष पद विवादले ज्योति समूह आइतबारदेखि औपचारिकरूपमा दुई भागमा विभाजन भएको छ । चार वर्षअगाडि रुप ज्योतिले आफूलाई अध्यक्ष घोषणा गरेपछि उक्त परिवारको
किचलो बाहिर आएको थियो ।
त्यसपछि विभिन्न सञ्चार माध्यम प्रयोग गरेर पद्म ज्योति र रुप ज्योतिले घरभित्रका कुराहरू सार्वजनिक बहसमा ल्याएर एकले अर्कोलाई खुइल्याउने कामगरेका थिए ।
३१ वर्षअघि क्यान्सरका कारण मणिहर्ष ज्योतिको निधन भएपछि २७ वर्षसम्म ज्योति समूहको विरासत अध्यक्षका पमा जेठा छोरा पद्म
ज्योतिले सम्हालेका थिए ।
आन्तरिक विवाद बढेको कारण रुप ज्योतिले आफूलाई चार वर्षअगाडि अध्यक्ष घोषणा गरेका थिए । त्यसपछि सो समूहको घरझगडा नमिल्ने गरी अगाडि बढेको थियो । यद्यपि मणिहर्षले २०३९ सालमै सम्पत्ति अंशबन्डा गरिदिएका थिए । अंशबन्डा भए पनि सम्पत्तिमा दुई दाजुभाइबीच विवाद कायमै थियो । उनीहरूको सम्पत्ति विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्चको आदेशपछि पनि विवाद नमिलेपछि उक्त परिवार दुई भागमा विभाजन हुन पुगेको हो । पद्म ज्योति र रुप ज्योतिबीच काठमाडौंको जमलमा
रहेको ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालिको सम्पत्तिमा ठूलो विवाद छ । भाइ रुप ज्योतिसँगको चरम विवादको कारण पद्म
ज्योतिले आइतबार अलग्गै समूह सुरु गरेका हुन् । उनले आइतबार ‘पद्म ज्योति समूह’ घोषणा गरेका छन् । भाइको नाममा ज्योति समूह अलग्गै छ । आइतबार घोषणा गरिएको पद्म ज्योति समूहमा मीरा ज्योति संस्थापक सदस्य, सौरभ ज्योति, सुह्द ज्योति, सिर्जना ज्योति र
आरती ज्योति निर्देशक छन् । उक्त समूहले कलश र अष्टमंगल समावेश लोगो पनि सार्वजनिक गरेको छ । सो समूहले आफूअन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरेको छ ।
ज्योति समूहको अस्तित्व एक सय चार वर्षदेखि थियो । सोही समूहले नै पहिलो व्यावसायिक ऋण नेपाल बैंकबाट लिएर आफ्नो व्यवसाय सञ्चाल गरेको थियो । आइतबार घोषणा गरिएको पद्म ज्योति समूहको
नाममा हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन् ।
समूहले यसै वर्ष डेढ अर्ब रुपैयाँ लगानीमा हिमाल मोटर कम्पनी खडा गरेको छ । मणिहर्ष ज्योतिले सन् १९२० मा व्यवसाय सुरु गरेर नेपालमा व्यसायको एक किसिमको साम्राज्य नै खडा गरेका थिए ।
Shares