एनएमबि बैंकद्धारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण

अर्थकागज
प्रकाशित: २० साउन २०८२
Image description

काठमाडौं । मनसुन मौसम र यसमा देखिने अवस्थित तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै, एनएमबि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एउटा १६ फिटको सेल्फ बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य विपद् उद्दार सामग्रीहरु नेपाल प्रहरीलाई २० साउन २०८२ , मंगलवारका दिन काठमाडौंको रानी पोखरी स्थित, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई औपचारिक रुपमा ती उद्दार सामग्रहीहरु हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा गरिका सामग्रीहरुमा रवर बोटसहित लाइफ ज्याकेटहरु र अन्य आपतकालीन उपयोगी उपकरणहरु समावेश छन् ।

मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरुको सम्भावना उच्च हुने भएकाले, यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।

एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, तथा विपद् व्यवस्थापना जस्ता विभिन्न क्षेत्रहरुमा निरन्तर योगदान पुर्याउँदै आईरहेको छ । यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको रहेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १७८ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर