नेपाल वेयरहाउजिङ्गको नोक्सानी घट्यो, नेटवर्थ ७४.३१ रुपैयाँ

अर्थकागज
प्रकाशित: ३२ साउन २०८२
Image description

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको घटाएको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५ करोड ८५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, समिक्षा अवधिसम्म आईपुग्दा ५ करोड ५८ लाख रुपैयाँँ नोक्सानीमा पुगेको छ।

असार मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ३१ करोड ४० लाख रुपैयाँ रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ ३१ पैसा रहेको छ । ६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १७ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ

प्रतिक्रियाहरू

सम्बन्धित खबर