आत्मदाह गर्ने चेतावनीसहित इन्भेष्टमेण्ट मेगा बैंकका ऋणीले लेखे अध्यक्ष र सिईओलाई यस्तो चिठी !

अर्थकागज
प्रकाशित: १८ मंसिर २०८०
Image description

श्रीमान अध्यक्ष ज्यू, पृथ्वीराज पाण्ड र सिइओ ज्योति पाण्डे ज्यू,
बिषय : आत्मदाह गर्न बाध्य बनाएको बारे ।
यो चिठी नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका एक ऋणीले बैंकका संचालक समितिको अध्यक्ष र सिइओलाई लेखेको पत्र हो । बैंकका ऋणी राजेश बाँस्कोटाले यो चिठी लेखेका हुन् । बैंकको ऋणी बाँस्कोटाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत पत्र सार्वजनिक गर्दै बैंकका कारण आफुले बैंककै कार्यालयमा आत्मदाह गर्ने चेतावनी दिएका छन्।
उनका अनुसार २०७८ साल कार्तिक १७ गते भिरपाखा रिसोर्ट एण्ड फन पार्क प्रा.लि. लाई तात्कालिन मेगा बैंक नेपाल शाखा बिर्तामोड बाट उनले ५ करोड ५० लाख कर्जा स्वीकृत गराएका थिए। ऋण स्वीकृत गरेतापनि ५ महिनासम्म बैंकले उनको स्वीकृत कर्जा प्रभा गरेन। बैंकले मसान्तमा केहि रकम प्रवाह गर्दै , आफ्नो किस्ता रकम भने काट्ने गरेको आरोप बाँस्कोटाले बैंक प्रति लगाएका छन्।
त्यति मात्र नभई उनको अर्को व्यवसाय कृषि फर्ममा राज्यले दिँदै आएको एक करोड अनुदानमा समेत यस बैंकका कारण अनुदान बन्चित गराएको कारण उनको दुई प्रोजेक्ट पूर्ण रूपले बन्द भएको आरोप लगाएका छन्।
 बारम्वार धाएर गुनासो गरेपछि केन्द्रीय कार्यालयबाट आएका प्रतिनिधिसँग छलफल भएको र उनले बि एण्ड सि. अस्पताल बाट ८ लाख रूपैयाँ बैंकलाई दिएको र १० दिनभित्र कर्जा रिसेडुलिङ गर्ने बैंक सँग सहमति भएको पत्रमा खुलाएका छन् ।
सहमति पछ्यात पैसा जम्मा गरेपछि बैंकले कर्जा प्रवाह नगरेर बैंकले धोका दिएको पत्रमा उल्लेख छ । बैंकको गलत नीति र व्यवहारका कारण आफ्नो व्यवसाय पूर्ण रुपमा बन्द भएको र परिवारमा पनि समस्या आएपछि आत्मदाह गर्नु बाध्य भएको भन्दै बैंकले आफुलाई आत्मदाह गर्न बाध्य बनाएको आरोप लगाएका छन्।
आफ्नाे समस्याकाे समाधान नगरे बैंक परिसरमा आत्मदह गर्ने र यसकाे जिम्मेवारी बैंकका अध्यक्ष,सिइओ र बिर्तामाेड शाखा प्रमुखले लिनु पर्ने चेतावनी उनले दिएका छन् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित खबर