हिमालयन बैंकको एफपीओ बाँडफाँड !
काठमाडौं । हिमालयन बैंकको एफपीओ बाँडफाँड सम्पन्न भएको छ । आज हिमालयन बैंकको कार्यालयमा एफपीओ बाँडफाँडको सम्पन्न भएको हो ।
बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्काशन गरेको थियो। बैंकले अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो ।
क्यापिटलका अनुसार यस एफपीओमा १८ लाख २५ हजार ९ सय २२ जना आवेदकबाट ३ करोड ८५ लाख ९१ हजार १ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १७ लाख ४ हजार २ सय ७३ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। जसमा ९ लाख २५ हजार ४६ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । एफपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।
नेपाल धितोपत्र बोर्डले असार २२ गते बैंकलाई एफपीओ निष्काशनको अनुमति दिएको थियो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा ६९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १६९ रुपैयाँमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो। तर बोर्डले बैंकले प्रस्ताव गरेको मूल्यमा १२ रुपैयाँ घटाएर अनुमति दिएको थियो।
प्रतिक्रियाहरू
Naveen kumar bharati
11 months ago
IPO
Shares