शिवम सिमेन्ट्सको नाफामा छलाङ्ग, ईपीएस कति?
काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ९६.०७ प्रतिशतले बढेको छ।
तेस्रो त्रैमासको अवधिमा कम्पनीले ४० करोड ५ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २० करोड ४२ लाख मात्रै थियो।
यस अवधिमा कम्पनीले आफ्ना उत्पादन बिक्रीबाट ५ अर्ब ३९ करोड ७२ लाख आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५ अर्ब ९९ करोड ७७ लाख थियो ।
यस अवधिमा कम्पनीको ब्याज खर्च ४ करोड ४९ लाखबाट घटेर ७४ लाख ९७ हजार कायम भएको छ । त्यस्तै कम्पनीले गरेका लगानीको फेयर भ्यालु गेन बढेर १ करोड १९ लाख पुगेको छ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४५ करोड रहेको छ भने शेयर प्रिमियम रिजर्भमा ९५ करोड ६२ लाख तथा अन्य रिजर्भमा ३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९.७९ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १८१.१० रुपैयाँ पुगेको छ।
प्रतिक्रियाहरू
* * * <a href="http://lebertcipher.ru/index.php?ac9poq">Unlock Free Spins Today</a> * * * hs=b3925837a3831df1e1050a627cafd609* ххх*
11 months ago
rycym7
* * * Get Free Bitcoin Now: http://lebertcipher.ru/index.php?ac9poq * * * hs=b3925837a3831df1e1050a627cafd609* ххх*
11 months ago
rycym7
Shares