करिब ४५ प्रतिशतले घट्यो समता घरेलु लघुवित्तको नाफा


काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा लघुवित्तले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.८९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.१४ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ४४.८९ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्तको खराब कर्जा बढेर ६.०२ प्रतिशतमा पुगेको छ गत बर्षको यहि अवधिमा संस्थाको खराब कर्जा ४.५७ प्रतिशतमा सिमित थियो ।
लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४४.८८ रुपैयाँ रहेको छ । समिक्षा लघुवित्तको निक्षेप ०.७५ प्रतिशतले बढेको छ भने र कर्जा लगानी पनि ८.६१ प्रतिशतले बढेको छ ।
Shares