एभरेष्ट बैंकको नाफामा छलाङ्ग, लाभांश क्षमता करिब ३० प्रतिशत !

अर्थकागज
प्रकाशित: २० साउन २०८१
Image description

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा बृद्धि देखियको छ ।

असार मसान्तसम्ममा बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३ अर्ब ३६ करोड रुपैयाँ थियो।

यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.३५ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी पनि १६.३१ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता २९.८६ रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आयको छ। समीक्षा अवधिमा बैंकको ईपिएस बढेर ३१ रुपैयाँ ४५ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २३६.०६ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा घटेर ०.७१ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा ०.७९ प्रतिशत रहेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर